Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एकीकृत समाजवादी रोज्नेहरू बढ्दै,एमालेलाई धक्का

एकीकृत समाजवादी रोज्नेहरू बढ्दै,एमालेलाई धक्का

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • ११:४५:१५ बजे
  • 1.2K
    SHARES
  • एकीकृत समाजवादी रोज्नेहरू बढ्दै,एमालेलाई धक्का

    एमालेको पकड क्षेत्र मानिएको दैलेखमा एमाले विभाजनको असर नराम्रोसँग देखिएको छ । पार्टी विभाजनपछि माधव नेपाल समूहका केही नेताहरु केपी ओली नेतृत्वको संस्थापन पक्षतिर मोडिए पनि नेकपा एकीकृत समाजवादी रोज्नेहरूको संख्या पनि उल्लेख्य देखिएको छ |

    images

    यसअघि माधव नेपाल गुटबाटै केन्द्रीय राजनीतिमा उदाएका विष्णु रिजाल अहिले केपी ओली नेतृत्वको एमालेमै खुलेर होमिएका छन् ।  दैलेखबाट प्रतिनिधिसभामा निर्वाचित सांसद राजबहादुर बुढा पनि एमालेमै छन् । तथापि, स्थानीय जनप्रतिनिधि र कार्यकर्ताहरु भने माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा खुल्न थालेका छन् ।

    एमाले विभाजन हुनु अघि एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले माधव समूहका केही जनप्रतिनिधि, नेता कार्यकर्तालाई कारबाही गर्ने चेतावनी दिएका थिए । जसले गर्दा माधव गुटका नेता, कार्यकर्ताहरु अन्योलमा थिए । तर, एमाले विभाजन पछि उनै शर्माले ‘कारबाही फुकुवा भयो, पार्टीमा फर्किनुहोस्’ भनेर पत्र पठाइरहेका छन् |

    पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीका तर्फबाट अम्मरबहादुर थापा, सावित्री मल्ल, जंगबहादुर शाही लगायतका नेताले पार्टीलाई सांगठनिक रुपमा अघि बढाउनेबारे स्थानीयस्तरमा छलफल र बहस गरिरहेका छन् । गत शुक्रबार एमालेबाट निर्वाचित २७ जना जनप्रतिनिधिहरुले जिल्ला निर्वाचन कार्यालयमा गएर नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गरे । आइतबार पुनः ३२ जना जनप्रतिनिधिले समाजवादी रोजे ।

    जसका कारण एमालेको पकड क्षेत्र मानिएको दैलेखमा एमालेलाई ठुलो धक्का लागेको छ । २०७४ को स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी दैलेखका ११ स्थानीय तहका १४ जना प्रमुख/अध्यक्ष तथा उपप्रमुख÷उपाध्यक्षमध्ये ८ जना एमालेमै रहने बुझिएको छ भने ६ जनाले एकीकृत समाजवादी रोजेका छन् |

    जिल्लाका ११ स्थानीय तहका ९० वडामध्ये ५३ वटा वडामा वडाध्यक्षसहित सबैजसो वडा सदस्य जितेको एमालेका केही वडा अध्यक्षले एमालेमै रहने मनसाय बनाएको देखिन्छ भने केही नेकपा एकीकृत समाजवादीमा खुलेका छन् ।

    आइतबार भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लसहित ५ जना वडा अध्यक्ष एकीकृत समाजवादीमा सनाखत गरेका छन् । महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा र ठाँटीकाँध गाउँपालिका उपाध्यक्ष सुस्मिता सिंहले एकीकृत समाजवादीमा सनाखत गरिसकेकी छन् |

    हालसम्म दैलेखमा ५७ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजिसकेका छन् |अझै केही जनप्रतिनिधि समाजवादीमा खुल्ने कर्णालीका भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका समाजवादीका नेता अम्मरबहादुर थापा बताउँछन् ।

    कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका सांसद सुशिल थापा यसअघि माधव नेपाल पक्षमा थिए |अहिले उनले आफू कता रहने भन्नेबारे प्रष्ट धारणा बनाएको देखिँदैन |

    एकीकृत समाजवादीकी नेता तथा प्रतिनिधिसभा सदस्य पार्वती विशुन्के दैलेखमा समाजवादीलाई बलियो पार्न लागिएको बताउँछिन् ।  केपी ओलीको प्रतिगमन र घमण्डीपनाले गर्दा स्थानीयस्तरमा कार्यकर्तामा पनि असर परेको छ । 

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology