Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नयाँ भाइरस

चीनमा किराले टोकेपछि फैलिने अर्को नयाँ भाइरस आयो

चीनमा किराले टोकेपछि फैलिने अर्को नयाँ भाइरस आयो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • ११:४९:४६ बजे
  • 2.2K
    SHARES
  • चीनमा  किराले टोकेपछि फैलिने अर्को नयाँ भाइरस आयो

    एजेन्सी । कोरोना भाइरसको संक्रमणसँगै चीनमा अर्को एक भाइरसको संक्रमण फैलिएको छ । यो भाइरसका कारण ७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा धेरै संक्रमित भएका छन् ।ग्लोबल टाइम्सका अनुसार पूर्वी चीनको जियाङ्सु र अनहुइ प्रान्तमा दर्जनौँ व्यक्ति बिरामी परेका छन् । यो भाइरस एक प्रकारको किराले टोकेपछि फैलिने गर्छ ।

    images

    चिनियाँ सञ्चारमाध्यमले जियाङ्सुमा ३७ र अनहुइमा २३ जनामा यो भाइरस फैलिएको जनाएका छन् । यो नयाँ भाइरसबाट कम्तिमा ७ जनाले ज्यान गुमाइसकेका छन् । यो भाइरसको नाम हुइयाङ्गसान बनयाङभाइरस रहेको छ । छोटोमा यो भाइरसलाई एसएफटिएस भाइरस भनिन्छ ।

    यो भाइरसको संक्रमण भएपछि मानिसमा ज्वरो आउने, खोकी लाग्नेलगायतका समस्या आउँछन् । 

    संक्रमितको शरीरमा ब्लड प्लेटलेट्सको कमी हुन्छ । चीनमा अहिलेको समयमा फैलिएको यो एसएफटिएस भाइरसलाई वैज्ञानिकहरुले बुन्या भाइरस समूहमा राख्ने गरेका छन् । एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि यो भाइरस फैलिने पुष्टि भएको छ ।

    जेझियाङ विश्वविद्यालयका प्रा.डा. सेङ्ग जिफाङ्गले एक व्यक्तिबाट अर्को व्यक्तिमा यो भाइरस सजिलै फैलिने बताएका छन् । मानिसको म्युकस र रगतको माध्यमबाट यो भाइरस सर्न सक्छ ।

    यो भाइरस चीनसँगै जापान, दक्षिण कोरिया, भियतनाम र ताइवानमा पनि फेला परेको छ । यो भाइरस पनि संक्रामक रहेको छ । यो भाइरसको लक्षण पनि कोरोना भाइरसको लक्षणसँग धेरै मिल्दाजुल्दा रहेका छन् ।

    ज्वरो आउने, भोमिट हुने, पखाला लाग्ने, मल्टिपल अर्गान फेल्योर हुने, ब्लडमा प्लेटलेट्सको कमी हुने, ह्वाइट ब्लड सेल घट्ने र लिभर इन्जाइम बढ्ने समस्या देखिन्छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology