Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

राष्ट्रघाती एमसीसी पास गराउने खेलमा लागे, सांसद्लाई लखेट्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

राष्ट्रघाती एमसीसी पास गराउने खेलमा लागे, सांसद्लाई लखेट्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १२:५५:५३ बजे
  • 1.2K
    SHARES
  • राष्ट्रघाती एमसीसी पास गराउने खेलमा लागे, सांसद्लाई लखेट्ने बहिर्गमित जनमुक्ति सेनाको चेतावनी

    बहिर्गमित जनमुक्ति सेना नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न अपिल गरेको छ |

    images

    सोमबार विज्ञप्ति जारी गर्दै बहिर्गमित जनमुक्ति सेना केन्द्रीय संघर्ष समितिले एमसीसी राष्ट्रघाती रहेको दाबी गर्दै खारेज गर्न माग गरेको हो |

    एमसीसी षड्यन्त्रपूर्ण ढंगले पास गराउने खेलमा लागे पास गराउन भूमिका खेल्ने सांसद्हरुको पहिचना गरी क्षेत्र/क्षेत्रबाट लखेट्ने चेतावनी समेत समितिले दिएको छ |

    खबरदार दलालहरु होसियार २१औँ शताब्दीमा जनतालाई झुक्याउने प्रयास नगर्नुहोस् तपाईंहरुकै पटक–पटक बदमासीको कारण सबै जनता चलाख बनिसकेका छन् |

    विज्ञप्तिमा भनिएको छ,तपाईंहरुले जे/जे बदमासी गरेपनि आम नागरिकले सहनु पर्ने हो त ?

    janamukti.jpg अब कहिलेसम्म सहने सरकार ? अब अति भएन र ? राष्ट्रघाती एमसीसी षड्यन्त्रपूर्ण ढंगले पास गराउने खेलमा लाग्नुभयो भने जनमुक्ति सेना चुप लागेर बस्नेछैन |

    एमसीसी पास गराउन भूमिका खेल्ने सांसद्हरुको पहिचना गरी क्षेत्र/क्षेत्रबाट भ्याकुर लखेटे झैँ लखेट्ने छौँ, समितिले गृह मन्त्रालयद्वारा जारी धम्कीपूर्ण विज्ञप्तिप्रति पनि आपत्ति जनाएको छ |

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology