Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

एमसीसीविरुद्ध नागरिक ऐक्यबद्धतासहित माइतीघर मण्डलामा प्रदर्शन हुने

एमसीसीविरुद्ध नागरिक ऐक्यबद्धतासहित माइतीघर मण्डलामा प्रदर्शन हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १४:५७:२० बजे
  • 1.0K
    SHARES
  • एमसीसीविरुद्ध  नागरिक ऐक्यबद्धतासहित माइतीघर मण्डलामा प्रदर्शन हुने

    नेपालका लागि नेपाली अभियानको नेतृत्वमा मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा बृहत् प्रदर्शन हुने भएको छ |

    images

    नेकपा माले, नेकपा क्रान्तिकारी वैद्य, नेकपा विप्लव लगायत विभिन्न संघसंगठनहरुले भोलि बुधवार दिउँसो १ बजे एमसीसीविरुद्ध प्रदर्शन गर्ने नेपालका लागि नेपाली अभियानका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए |

    एमसीसी राष्ट्रघाती सम्झौता हो । अन्तर्राष्ट्रिय सम्झौताको कानुन हेर्दा यो सन्धीमा नै पर्दैन |

    संसदबाट पास गराउनुपर्छ भनेर सम्झौतामा लेखिएको पनि छैन । पास गराउन लागिएको छ । संवैधानिक सर्वोच्चतालाई पनि निष्तेज पारिएको छ |

    अदालतको क्षेत्राधिकारलाई पनि निष्तेज पारेको छ, वरिष्ठ अधिवक्ता समेत रहेका भण्डारीले भने, अन्तर्राष्ट्रिय कानुनका विभिन्न दृष्टिकोणले गलत रहेका कारणले र राष्ट्रघाती भएकाले त्यसको विरुद्धमा नागरिक ऐक्यबद्धतासहहित प्रदर्शन हुन लागेको हो |

  • सम्बन्धित विषय:

  • # एमसीसीविरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology