पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विपक्षीहरूले एमालेलाई एक्लै हेर्न समेत नसक्ने बताए । ‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ ।
एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन्’ ओलीले भने ‘विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’ उनले एमालेसँग नेपाली काँग्रेस समेत लड्न डराइरहेको अवस्थामा माधव नेपालको प्युसोले लड्न सपना देखेको भन्दै त्यो सपना पुरा नहुने दाबी समेत गरे ।
एमालेसँग काँग्रेस लड्न आँट गरेको छैन, माधव नेपालको प्युसो उम्रिन पाएको छैन एमालेसँग लड्ने सपना देख्छ’, ओलीको भनाइ छ । उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए ।
पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’ ओलीले भने, ‘अहिले एउटा बेसरम व्यक्तिको नेतृत्वमा एमालेलाई समाप्त पार्ने अभियान चलिरहेको छ ।
नेकपा एमालेका नेता कार्यकर्ता खान मात्रै होइन देश बनाउने सोचमा भएको भन्दै उनले लामो समयदेखि पार्टीभित्र आत्मकेन्द्रीत र स्वार्थकेन्द्रीत व्यक्तिहरु रहेकाले नातागोता र परिवारबाट आक्रान्त भएको अवस्थामा माधव नेपाल बाहिरिएको बताए । ‘कोही भाइभतिजावाद र कोही छोरी,ज्वाइँ बुहारीका लागि मरिमेट्ने ।
पार्टीभित्रै विभिन्न प्रकारका स्वार्थी र पदलोलुप, महत्त्वाकाङ्क्षी प्रवृत्ति हाबी भएको थियो कि देश, जनता सुशासन, विकासको बारेमा छलफल नहुने अहिले त छोडेर गए’, ओलीले अहिले जनता जागेको देखेर आफू उत्साहित भएको बताए ।
काँग्रेसको विघटन सदर, एमालेको बदर पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संसद्ले काम गर्न पनि नसक्ने र बच्न पनि नसकेपछि आफुले विघटन गरेको दाबी गरे । तर उनले अदालतले फैसला गरेपछि मान्नुपर्ने अवस्था रहेको बताए |
अदालतले त जे फैसला गरे पनि मान्नुपर्छ । सबैलाई थाहा छ । मान्नुपर्ने भएपछि अदालतले पुनर्स्थापना गर्दियो’, ओलीको भनाइ छ । तर संविधानमा जेसुकै लेखिए पनि अदालतको आफ्नै नियम भएको व्यङ्ग्य गरे । ‘काँग्रेसले विघटन गर्यो भने सदर एमालेले विघटन गर्यो भने बदर । यो पहिलेदेखि हो |
मनमोहनले विघटन गरे शेरबहादुर प्रधानमन्त्री, फेरि अहिले त अदालतबाट फलानालाई प्रधानमन्त्री तोकिएको छ भनेर सोझै दिने खालको परमादेश’, अदालतप्रति ओलीको कटाक्ष छ ।
उनले ५२ सालमा पनि अदालतले नै मनमोहनलाई हटाएको ओलीको दाबी छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले माधवकुमार नेपाल पक्षले पार्टी विभाजन गरेर धोका दिएको आरोप लगाएका छन् |
ओलीको टिप्पणी: देश र जनताको लागि बोल्न नसक्ने यो सरकार स्याल जस्तो हो !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले अहिलेको सरकारलाई ‘बनको स्याल’सँग तुलना गरेका छन् । आज (मंगलबार) पोखरामा एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘यो सरकार घरको बाघ बनको स्याल, घरमा आएपछि बाघ पल्टिने बाहिर निस्केपछि स्याल ! यो सरकार त्यस्तै हो |
राष्ट्रियताको पक्षमा, देशको पक्षमा, जनताको पक्षमा बोल्नुपर्यो भने यो सरकार स्याल जस्तो हुन्छ । जनतासंग व्यवहार गर्नु पर्यो भने आक्रामक बाघ जस्तो हुन्छ ।’ उनले भने । अध्यक्ष ओलीले यो अलोकतान्त्रिक सरकार रहेको बताएका छन् ।
‘यो अलोकतान्त्रिक सरकार हो | अलोकतान्त्रिक ढंगबाट बनेको गैर जिम्मेवार अलोकतान्त्रिक सरकार हो । जो देशका लागि जनताका लागि बोल्न सक्दैन |
नेपाललाई पाण्डेको आह्वान- ‘पार्टीमा फर्किनुस्, गल्ती क्षमा हुन्छ
कास्कीमा पार्टी कार्यकर्ता बृहत् भेलालाई सम्बोधन गर्दै उनले विभाजनको बाटोले कम्युनिस्ट पार्टीलाई कमजोर पार्ने बताए ।
विभाजन गरेर गल्ती गरे पनि फर्केर गल्ती सच्याउन उनको आग्रह छ| “माधव नेपाललाई अन्तिमसम्म पार्टी नछोड्न अपिल गर्यौं । तर छोडेर जानुभयो,” उनले भने, “हामीले नेपाललाई धोका दिएको होइन, पार्टी फोड्ने धोकेबाज हो । उहाँले हामीलाई धोका दिनुभयो ।” एमाले अहिले विशिष्ट स्थितिमा रहेको भन्दै यो संकट टार्न सबैसँग आग्रह गरे |
२०५४ सालको पार्टी विभाजनले जस्तै अहिलेको विभाजनले पनि पार्टी समस्यामा फस्ने उनको भनाइ छ । पार्टी एकता कार्यदलमा सदस्य भएर काम गरेका उनले धेरै प्रयास गर्दा पनि पार्टी मिलाउन नसकेको बताए | नेताहरुको झगडाले ठूला घटना हुने भन्दै नेताहरुले नै सुधार्नुपर्ने सुझाव दिए ।
विदेशी शक्तिले खेलेर विभाजनमा सघायो । विदेशीहरु पनि खेल्छन् । यसपालि पनि खेले, उनले भने,तर उनीहरुलाई मात्र आरोप लगाउन आवश्यक छैन । हाम्रो आफ्नै दोष छ | उनले विभाजनका कारण पार्टीलाई ५ देखि १० प्रतिशत हाराहारीमात्रै नोक्सान हुने दाबी गरे |