Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरा, एमसीसी पास हुँदैन :प्रचण्ड

राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरा, एमसीसी पास हुँदैन :प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १६:३६:२९ बजे
  • 1.5K
    SHARES
  • राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरा, एमसीसी पास हुँदैन :प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पास नहुने बताएका छन् । मंगलबार योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी पास नहुने घोषणा गरेका हुन् |

    images

    कार्यक्रमा प्रचण्डले भने, ‘एमसीसी पास हुँदैन । हामीले यसबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन |

    ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो | पाँच दलीय गठबन्धन सरकारको प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गराउन सक्रिय भइरहेकै बेला गठबन्धनको प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने एमसीसीबारे फरक धारणा आएको छ |

    एमसिसी उपाध्यक्ष फतिमा सुमार यसबारे सरकारी अधिकारीसँग छलफल गर्न नेपाल आउँदैछन् । उनी नेपाल आउनै लाग्दा प्रचण्डले एमसीसी पारित नहुने अभिव्यक्ति दिएपछि तरंग आएको छ |

    यो सम्झौता भएपनि संसदबाट पारित नभएसम्म कार्यान्वयन हुँदैन | संसदबाट पारित गर्ने सवालमा विवाद जारी छ

    सरकारले विज्ञप्ति जारी गरेर नै एमसिसी र भारतको विरोध नगर्न चेतावनी पनि दिइसकेको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी ५० करोड डलरको परियोजना हो |

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology