Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा आउन विश्वकर्माको आह्वान

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा आउन विश्वकर्माको आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २२, २०७८ मंगलवार • १८:११:१२ बजे
  • 1.5K
    SHARES
  • एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई एकीकृत समाजवादीमा आउन विश्वकर्माको आह्वान

    नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष गणेश विश्वकर्माले एमालेबाट निर्वाचित दलितसहित देशभरका जनप्रतिनिधिलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) मा आउन आह्वान गरेका छन् |

    images

    नेपाल उत्पीडित जातीय मुक्ति समाज नेकपा एमालेको जनवर्गीय संगठन हो, तर पार्टीका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालको विवादसँगै यो पनि दुई खेमामा विभाजन भएको छ|

    विश्वकर्माले नेतृत्व गरेको मुक्ति समाज नेपालनिकट भ्रातृ संगठन हो |

    अध्यक्ष विश्वकर्माले मंगलबार बिहान वक्तव्य जारी गर्दै ‘विसर्जनवादतर्फ अघि बढेको नेकपा एमाले’ त्यागेर नेकपा (एकिकृत समाजवादी) रोज्न एमालेबाट निर्वाचित सबै जनप्रतिनिधिलाई अनुरोध गरेका हुन् |

     ‘दम्भ, अहंकार, स्वेच्छाचारिता, भ्रष्ट्राचार, कुशासन, अन्याय, अपमानपूर्ण व्यवाहार आदि हुँदै दक्षिणपन्थी अवसरवाद एवम् विसर्जनवादतर्फ अघि बढेको नेकपा एमालेबाट विद्रोह गर्दै नेकपा (एकिकृत समाजवादी) रोज्न सम्पूर्ण जनप्रतिनिधिहरूलाई उच्च सम्मान सहित हार्दिक आह्वान गर्दछु |   उनले भनेका छन्, |  

  • सम्बन्धित विषय:

  • # विश्वकर्माको आह्वान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology