Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

संसद

आज संसदको नवौं नयाँ अधिवेशन बस्दै,सभामुखको राजीनामा माग्दै चल्न नदिने तयारीमा एमाले

आज संसदको नवौं नयाँ अधिवेशन बस्दै,सभामुखको राजीनामा माग्दै चल्न नदिने तयारीमा एमाले

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २३, २०७८ बुधवार • ०९:२४:१३ बजे
  • 898
    SHARES
  • आज संसदको नवौं नयाँ अधिवेशन बस्दै,सभामुखको राजीनामा माग्दै चल्न नदिने तयारीमा एमाले

    पोखरा । बुधवार देखी संसदको नवौं नयाँ अधिवेशन सुरु हुदै छ । दुवै सदनको बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ ।

    images

    संसद अधिवेशनको पहिलो दिन नै बजेटसहितको १५ अध्यादेश स्वीकृत गर्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचि रहेको जनाएको छ ।

    यसअघिको अधिवेशनमा यी अध्यादेश दर्ता पेश गरिएका थिए तर सरकारले अघि बढाएन । भदौ ३० भित्र निर्णय नगरिएमा स्वतः खारेज हुने अवस्था आएपछि अधिवेशन बोलाइएको हो ।

    पहिलो दिन यसअघि रोकिएका अध्यादेश स्वीकार गराउने र दल विभाजन सहज हुने गरि ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेशलाई टेबल गर्ने तयारी सरकारको छ ।

    तर प्रमुख प्रतिपक्षी नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटासँग रुष्ट रहेको छ । एमालेले संसद चल्न नदिने तयारी गरेको छ । १४ सांसदलाई आफ्नो सिफारिस अनुसार कारवाही नगरेपछि एमाले र सभामुखबिच मनमुटावको अवस्था छ ।

    सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत नराखी संसदको सम्भावित कार्यसूचि सार्वजनिक गरेका हुन् ।

  • सम्बन्धित विषय:

  • # संसद अधिवेशन
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology