Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अध्यक्ष 'प्रचण्ड'को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि,प्रचण्डको रिपोर्ट पनि सार्वजनिक

अध्यक्ष 'प्रचण्ड'को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि,प्रचण्डको रिपोर्ट पनि सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १४:०२:०७ बजे
  • 1.8K
    SHARES
  • अध्यक्ष  'प्रचण्ड'को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि,प्रचण्डको रिपोर्ट पनि सार्वजनिक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा कोरोना पुष्टि भएको छ ।ब्यारेकमा बसेर प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि भएको निजी सचिवालयले जनाएको छ । सचिवालयका एक सदस्यले भने, 'ब्यारेकमा बसेर अध्यक्षको सुरक्षामा खटिने ६ जना नेपाल प्रहरीमा कोरोना पुष्टि भयो । त्यसले अध्यक्ष प्रचण्डसहित सबैजनाको कोरोना टेष्ट गरिएको थियो ।'

    images

    प्रचण्डसहित सचिवालय र सुरक्षामा खटिएका अन्य सुरक्षाकर्मीको पनि कोरोना भाइरसको परीक्षणका लागि स्वाब परीक्षण गरिएको थियो । प्रचण्डसहित सबैजनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि नेकपा अध्यक्ष प्रचण्डले आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिन सचिवालय र आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology