नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको आज बैठक बस्दैछ |
बैठक आज दिउँसो नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बस्ने तय भएको हो |
बैठकमा आजदेखि सुरु हुने दुवै संसदको अधिवेशनमा संसद सञ्चालन सम्बन्धी रणनीतिबारे निर्णय लिइने बताइएको छ |
यसैबीच आजै मन्त्रीपरिषद बिस्तार गर्ने तयारीमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गरिरहेको नेकपा (एकीकृत समाजवादी) का एक सांसदले जानकारी दिएका छन् |