Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रचण्डले भने : माओवादी आन्दोलन र पार्टीको औचित्य छैन

प्रचण्डले भने : माओवादी आन्दोलन र पार्टीको औचित्य छैन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • १३:०५:१९ बजे
  • 1.3K
    SHARES
  • प्रचण्डले भने : माओवादी आन्दोलन र पार्टीको औचित्य छैन

    नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले माओवादी विघटन गर्नुपर्ने बताएका छन् |

    images

    आज सहीद सुरेश वाग्लेको स्मृति सभामा उनले यस्तो बताएका हुन् । उनले पार्टीभित्र गतल प्रवृति बढेको बताए |

    उनले पार्टीभित्रको गुट, अराजक, भ्रष्टाचार, दलालहरुसँगको साँठगाँठलगायतको काम गर्दै पद र पैसा प्राप्त गर्ने शैली बढेको भन्दै अब माओवादी आन्दोलन र पार्टीको औचित्य नभएको बताए |

    यसरी पार्टी चलाउनुभन्दा बरु मार्क्स र लेनिनको इमान्दार चेला भएकाले माओवादी विघटन गर्नु ठिक हुने बताए । उनले अहिले माओवादीभित्र एमाले चरित्र हाबी भएको बताए |

    उनले एमालेहरु कुनै योजनाबिना पद, पैसा, पावरका लागि मात्र लागेको उनले बताए । उनले एमालेभित्र रहेको भ्रष्टाचारी, दलाली, गुट, उपगुट गर्दै व्यक्ति आफू सुरक्षित हुने प्रवृति माओवादीमा पनि देखिएको बताए |

    उनले माओवादी आन्दोलनको उद्देश्य र बाटो यो नभएको भन्दै यस्तो गलत प्रवृतिलाई हटाउन कार्यकर्तालाई आग्रह गरे |

    उनले अहिले एमाले अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री र राष्ट्रपति भएको बेलापनि मदन भण्डारीको विषयमा कुनै खोज तथा अनुसन्धान नगरेको बरु भण्डारीको नाम बेचेर खाइरहेको बताए |

    उनले एमाले विचारबिहीन पार्टी रहेको र माओवादीका नेता कायकर्ताहरुको शैली त्यही हुँदै गएकोले रुपान्तरण हुन आवश्यक रहेको बताए |

    यो पनि हेर्नुहोला : एमालेले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइएन भने, संसद चल्न दिँदैनौँ:ओली

     

    नेकपा (एमाले)ले आफूले कारबाही गरेका १४ जना सांसद् उपस्थित भए संसद् चल्न नदिने बताएका छन् |

    बुधबार एमाले संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट पर्काइन्छ कि फर्काइँदैन हेर्ने बताए |

    उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने बताए । नियमावलीअनुसार गैरसांसद्को उपस्थितिमा संसद् चल्न सक्दैन |

    हामीले साउन २५ गते नै निश्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौँ, उनले भने,“यदि गैरसांसद्को उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौँ |

    ओलीले सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश अघिल्लो दिन मध्यरातमा संसद्को अधिवेशन अन्त्य गरेर भोलिपल्ट ल्याउँदा कानुन मन्त्रालयसँग छलफल नै नगरेको दाबी गरे |

    उनले उक्त अध्यादेश नेकपा (एकीकृत समाजवादी) दलका नेता माधवकुमार नेपालको निवास कोटेश्वर र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ निवास खुमालटारमा मस्यौदा गरेको आरोप लगाए |

    अघिल्लो पटक आफूले ल्याएको अध्यादेश र संसद् अधिवेशनलाई बिर्सँदै ओलीले छापामार शैली र धोकापूर्ण रुपमा संसद् अधिवेशन अन्त्य गरेको आरोप लगाए |

    ओलीले आफू प्रधानमन्त्री हुँदा पनि कसैसँग सल्लाह नगरी मनलाग्दी रुपमा संसद् अधिवेशन अन्त्य गरेका थिए । उनले अरु पार्टीले ह्विप जारी गर्न पाउने एमालेले नपाउने भएको भन्दै अरु पार्टीका सांसद् निष्कासन गर्न पाउने तर हाम्रो पार्टीले नपाउने बनाइएको आरोप लगाए |

    संसद् बैठक नभएको अवस्थामा मात्र अध्यादेश ल्याउन सकिन्छ,” उनले भने,“संसद् चलिरहेको अवस्थामा मध्यरातमा अन्त्य गर्ने र भोलि बिहान अध्यादेश जारी गरियो |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology