Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस संक्रमण पुष्टि, प्रधानमन्त्री केपी शर्मा ओली पनि सूचीमा

कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस संक्रमण पुष्टि, प्रधानमन्त्री केपी शर्मा ओली पनि सूचीमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १४:०६:३९ बजे
  • 4.4K
    SHARES
  • कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस संक्रमण पुष्टि, प्रधानमन्त्री केपी शर्मा ओली पनि सूचीमा
    प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पनि सूचीमा परेका छन् ।

    मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आएका थिए । समितिमा रहेका प्रदेशका आन्तरिक  मामिला  तथा कानूनमन्त्रीहरु, संघीय सरकारका गृहमन्त्रीलगायतले बालुवाटार पुगेर प्रधानमन्त्रीसँग छलफल गरेका थिए ।
    मन्त्री यादवले साउन १९ गते स्वाब दिएका थिए । उनीसँगै चालक, व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ), अंगरक्षक र सशस्त्र प्रहरीका एक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने प्रधानमन्त्रीको सचिवालयमा रहेकाहरुको गत शनिबार परीक्षण गरिएको बताएका छन् । बालुवाटारमा भएका सुरक्षाकर्मी र प्रधानन्त्रीको सल्लाहकारको परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको सल्लाहकार थापाले बताएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology