पोखरा । बागमती प्रदेशका मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रीपरिषद बिस्तार गरेकी छिन ।
उनले छ जना मन्त्री र चार राज्यमन्त्री गरी जना मन्त्रीहरु नियुक्त गरेकी हुन । यो सगैँ मन्त्रिपरिषदको सङ्ख्या १२ पुगेको छ ।
शाक्यले रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, विजय सुवेदीलाई सामाजिक विकास मन्त्रालय, शान्तिप्रसाद पौडेललाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मा दिएकी छन् ।
यस्तै, प्रदीपकुमार कटुवाल क्षेत्रीले स्वास्थ्य, अजयक्रान्ति शाक्य आन्तरिक मामिला तथा कानुन र चन्द्र लामा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री बनेका छन् ।
राज्यमन्त्री पाउनेहरूमा जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनाली छन् ।
उनीहरूले क्रमशः भौतिक पूर्वाधार विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।
मन्त्री बनेका सबैले आजै प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।