Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नाराबाजीसहित एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध,संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ? एकीकृत समाजवादी

नाराबाजीसहित एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध,संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ? एकीकृत समाजवादी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • १६:२३:१७ बजे
  • 2.1K
    SHARES
  • नाराबाजीसहित एमालेद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध,संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ? एकीकृत समाजवादी

    नेकपा एमालेले पार्टीले कारबाही गरेका माधव कुमार नेपालसहितका १४ सांसद्लाई सभामुखले पदमुक्त नगरेको भन्दै बैठक अवरुद्ध गरेको हो |

    images

    सभामुखले सोबारे जवाफ दिएपनि एमाले सांसदहरुले नाराबाजी जारी राखे |

    एमालेले नाराबाजी जारी राखेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् |

    एकीकृत समाजवादी : संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ? 

    माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठकले एमाले अध्यक्ष केपी ओलीले दिएको अभिव्यक्ति उन्मादको एक रुप भएको निश्कर्ष निकालेको छ । बुधबार एमाले अध्यक्ष केपी ओलीले माधव नेपालसहितका नेताहरु संसदमा उपस्थित भए संसद चल्न नदिने बताएका थिए |

    ओलीको उक्त अभिव्यक्ति मिडिया खपतको विषय मात्रै भएको विश्लेषण गरेको नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडाले जानकारी दिए । उनले ‘माधव नेपालसहितका नेता संसदमा उपस्थित भए संसद चल्न नदिने फैसला गर्ने ओली को हुन् ?’ भन्दै प्रश्न समेत गरे |

    खतिवडाले संसदको नियमावली २१ र संविधानको धारा १०५ ले अदालतमा चलेको विचाराधीन मुद्दामा संसदमा बहस गर्न पाइने छैन भन्ने स्पस्ट व्यवस्था भएपनि ओलीले अनावश्यक आरोपहरू लगाएको बताए । ‘ओलीको यो उन्माद हो भन्ने विश्लेषण गर्यौ’ खतिवडाले आफुहरु संसदमा सहभागी हुने र संयमता अपनाउने पनि जानकारी दिए |

    हामी संसदमा उत्ताउलो हुँदैनौ, संयमता अपनाउँछौ । संसदीय मर्यादा पालना गर्छौ तर हामी माथि आरोप लगाइन्छ भने त्यसका लागि तयार छौ’ खतिवडाको भनाइ छ ।

    पार्टी दर्ता गर्न नदिन षडयन्त्र स्वरुप पार्टीबाट निकाल्ने ओलीको षडयन्त्र पनि असफल भएको बताउँदै उनले भदौ २ गते दर्ता गरेर ९ गते पार्टीको प्रमाणपत्र पाउन पनि ओलीले षडयन्त्र गरेको बताए |

    स्थानीय तहका २५ प्रतिशत जनप्रतिनिधि नेकपा एसमा आएपछि त्यसको प्रतिशोध स्वरुप ओलीले आज संसदमा माधव नेपालसहित १४ जना संसदमा उपस्थित भए संसद चल्न नदिने भनेको उल्लेख गरे ।

    संसदमा तोकिएको स्थानमा गएर बस्ने बताउँदै सांसद खतिवडाले सभामुखको आज्ञा लिएर सत्तापक्षको तर्फबाट एमाले सांसदहरुको कुरालाई लिएर प्रतिवाद गर्ने बताए । उनले भने–‘संसद चल्न नदिने भनेर बोलिएका कुराहरु मिडिया खपतका लागि बोलिएका कुराहरु हुन् |

    टाँई टाँई फिस हुनेवाला कुरा हो । संसदमा हामीहरू उत्ताउलो हुँदैनौँ, हामी संयमतापूर्वक बस्छौँ । त्यो संयतालाई पनि उल्लंघन भयो भने हामी जस्तालाई तस्तै प्रतिवाद गर्छौ ।

    जस्तालाई तस्तै गर्नका लागि नै संसदमा हामी माननीय जम्मा भएका हौँ । कोही बहादुर र कोही कमजोर भन्ने हुँदैन, कोही दाह्रासिंह र कोही बंगारासिंह भन्ने पनि हुँदैन् |

    त्यसकारण हामी संसदभित्र संसदीय मर्यादा र अभ्यासलाई पालना गर्ने प्रयास गछौँ । त्यसलाई जबर्जस्ती उल्लंघन भएर हामीमाथि उत्तेजनात्मक गतिविधि गरिन्छ भने हामी त्यसका लागि पनि त्यसका लागि पनि तयार हुनुपर्छ भन्ने निर्णय भएको छ |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # नेकपा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology