Logo

बुधवार, कार्तिक १९ गते २०८३

images
images

नाराबाजीका बीच संसदमा राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

नाराबाजीका बीच संसदमा राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २३, २०७८ बुधवार • १८:४१:४० बजे
  • 832
    SHARES
  • नाराबाजीका बीच संसदमा राजनीतिक दल सम्बन्धि अध्यादेश पेश

    एमालेको पटक पटकको अवरोध नरोकिए पछि सभामुख अग्नी सापकोटाले सदनको कार्बाही अगाडी बढाएका छन् ।

    images

    एकातिर नाराबाजी चलिरहेका बेला सभामुखको निर्देशन बमोजिम राजनीतिक दल सम्बन्धि अध्यादेश बैठकमा टेबल भएको छ ।

    सरकारले नेकपा एमाले र जनता समाजवादी दल विभाजनमा सहयोग पुग्नेगरी केन्द्रीय समिति अथवा संसदीय दलमध्ये एकमा २० प्रतिशत सांसद भए दल विजभान गर्न मिल्ने अध्यादेश ल्याएको थियो।

     अध्यादेश गृहमन्त्री बालकृष्ण खाँडले सदनमा पेश गरेपछि सभामुखले २५ गते सम्मका लागि सदनको बैठक स्थगित गरेका थिए । सभामुखको भूमिका निष्पक्ष नभएको भन्दै एमालेले सदन अबरुद्ध पारेको हो ।

    एकीकृत समाजवादीमा जान पाउनु पर्ने भन्दै सर्वोच्च पुगे दुई सांसद : 

    नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा एकीकृत समाजवादीको सांसद कायम गर्न माग गर्दै सर्वोच्च अदालत पुगेका छन् ।

    आज प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टले सर्वोच्च अदालतमा दिएको रिटमा आफूहरुले समयमा नै एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरिदिएको भन्दै अन्तरीमा आदेशको माग गरी सर्वोच्चमा रिट दिएका हुन् ।

    निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी रोजेका केन्द्रीय सदस्य र सांसदलाई सनाखत गर्न बोलाउँदा पाण्डे र भट्ट पनि आयोग कार्यालय पुगेका थिए । तर उनीहरुलाई आयोगले सनाखत गर्न दिएको थिएन ।

    नेकपा एकीकृत समाजवादी संसदीय दलको विधान पारित : 

    नेकपा (एकीकृत समाजवादी)ले संसदीय दलको विधान पारित गरेको छ । नेकपा संसदीय दलका अध्यक्ष माधवकुमार नेपालका अध्यक्षतामा आज बसेको बैठकले विधान पारित गरेको हो ।

     निर्णयसँगै पार्टीले गठन गरेको मस्यौदा कमिटी विघटन भएको छ ।यही भदौ २३ मा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकले पाँच सदस्यीय मस्यौदा कमिटी गठन गरेको थियो ।

    कमिटीमा भवानी खापुङ, शेरबहादुर कुँवर, नीरा जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी रहेका थिए ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology