Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमसीसी

एमसीसीका उपाध्यक्ष फतिमा आज नेपाल भ्रमणमा आउँदै, सम्झौता अनुमोदनको प्रयास जारी

एमसीसीका उपाध्यक्ष फतिमा आज नेपाल भ्रमणमा आउँदै, सम्झौता अनुमोदनको प्रयास जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २४, २०७८ बिहिवार • ०८:३८:३५ बजे
  • 811
    SHARES
  • एमसीसीका उपाध्यक्ष फतिमा आज नेपाल भ्रमणमा आउँदै, सम्झौता अनुमोदनको प्रयास जारी

    पोखरा । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फतिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदैछन् ।

    images

     

    चारदिने नेपाल भ्रमणको क्रममा अमेरिकी उच्च टोलीले नेपालको संसदबाट एमसीसी सम्झौता अनुमोदन गराउने प्रयास गर्नेछ ।

    उपाध्यक्ष सुमारको टोली कतार हुदै काठमाडौं आउन लागेको हो ।

    चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।

    उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ ।

    सडक सञ्जाल र अन्तरदेशिय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology