Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
images

फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो,सुरक्षा व्यवस्था कडा

फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो,सुरक्षा व्यवस्था कडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७८ बिहिवार • १०:०९:४१ बजे
  • 823
    SHARES
  • फातेमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो,सुरक्षा व्यवस्था कडा

    अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

    images

    नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो ।

    उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।

     टोली एमसीसीबारे छलफल गर्न आएको हो ।

    एमसीसीबारे नेपाली राजनीतिक वृत्तमा एकमत हुन सकेको छैन ।

    सुरक्षा व्यवस्था कडा

    राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो ।

    उनी कतारबाट आज काठमाडौं आउँदैछिन् । नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो ।

    महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए । सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल जाने कार्यक्रम छ ।

    उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ ।

    सरकार र एमसीसीका पत्र जनता झुक्याउने खेल मात्रैः भीम रावल

    नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले एमसीसी सम्झौताका विषयमा सरकार र एमसीसी दुवै तर्फका पत्र पढेको भन्दै खरो प्रतिक्रिया ब्यक्त गरेका छन । दुवै पत्रमा नेपाली जनतालाई झुक्याएर एमसीसी संसदबाट पास गराउने षड्यन्त्र मात्रै भएको उपाध्यक्ष रावलले बताएका हुन ।

    नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यी दुवै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षड्यन्त्रकै उपज हुन्।

    त्यस्तैगरी एमसीसीलाई पठाइएको पत्र र एमसीसीले अर्थमन्त्रीलाई पठाएको पत्रले नेपालको सार्वभौमिकता, स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत गरिएका सम्झौतालाई संशोधन नगर्ने बताएका छन्।

  • सम्बन्धित विषय:

  • # सुरक्षा व्यवस्था कडा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology