Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फातिमा सुमार नेतृत्वको टोलीले पहिला एमाले अध्यक्ष ओलीलाई भेट्ने

फातिमा सुमार नेतृत्वको टोलीले पहिला एमाले अध्यक्ष ओलीलाई भेट्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २४, २०७८ बिहिवार • ११:०६:०४ बजे
  • 1.6K
    SHARES
  • फातिमा सुमार नेतृत्वको टोलीले पहिला एमाले अध्यक्ष ओलीलाई भेट्ने

    अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँ" आइपुगेको छ ।

    images

    उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन् । उनीहरु बिहीबार कतारबाट काठमाडौँ आएका हुन् |

    नेपालमा एमसीसी संसद्‌मा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले शुक्रबार दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ |

    त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने कार्यतालिका रहेको छ । साथै उनले अन्य दलका शीर्ष नेताहरुसँग पनि भेट गर्ने कार्यतालिका रहेको स्रोतले जानकारी दियो |

    सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसीसी परियोजना अझै अगाडि बढ्न सकेको छैन |

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology