ललितपुर महानगरपालिका २३ सानो हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बसेको छ |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बैठक बसेको हो |
बैठक जारी छ । यो अपार्टमेन्टमा उपेन्द्र यादवको निजी निवास छ । प्रचण्ड र नेपाल पनि यादव निवासमै बैठक बस्नेगरी बिहान यो अपार्टमेन्ट आइपुगेको सुरक्षा स्रोतले बताएको छ |
बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् । मन्त्रालय भागबण्डा, एमसीसी लगायतका विषयमा शीर्ष नेताहरुबीच छलफल भइरहेको स्रोतको भनाइ छ |
पछिल्लो समय सत्तारुढ दलहरुबीच मन्त्रालय भागबण्डामा विवाद छ । सबै दलले शक्तिशाली मन्त्रालयमा दावी गरेपछि समस्या परेको छ |
मन्त्रालयको संख्या टुंगो लागेपनि कुन कुन मन्त्रालय कसलाई भन्ने विषयमा विवाद छ । सत्तारुढ गठबन्धनबीच कांग्रेसले ७ मन्त्रालय र माओवादी, एकीकृत समाजवादी र जसपाले ६–६ मन्त्रालय लिने सहमति भएको थियो |