Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २४, २०७८ बिहिवार • १४:५८:५५ बजे
  • 1.2K
    SHARES
  • एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

    पोखरा । नेकपा एमालेका अध्यक्ष एव निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलबीच भेटवार्ता शुरु भएको छ ।"

    images

    ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ ।"

    छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

    यो भेटले एमसीसीबारे एमालेको पोजिसन स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

    एमाले भित्र उपाध्यक्ष भीम रावललायतका नेताहरु भने एमसीसीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।

    नेकपा एमाले एमसीसीबारे तत्काल धारणा नबनाउने

    नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा बिहीबार भेट्न आइपुगेकी एमसीसी उपाध्यक्ष फतिमा सुमारलाई अमेरिकी अनुदान सम्झौता एमसीसीबारे तत्काल धारणा नबनाउने जवाफ दिएका छन् ।

    एमालेको विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार सत्तारुढ दलहरुले एमसीसीबारे स्पष्ट धारणा बनाएपछि मात्र आफूहरुले पोजिसन क्लियर गर्ने ओलीले बताएका हुन् ।

    एमसीसी उपाध्यक्ष फतिामा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्ससहितको टोलीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका हुन् ।

    विहिबार बिहान त्रिभुवन विमानस्थलमा ओर्लिएकी सुमारले दिउँसोदेखि भेटघाट थालेकी हुन् । सबैभन्दा पहिलो भेट प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष ओलीसँग गरेकी हुन् ।

    ओलीलाई भेट्न सुमारसहित एमसिसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्सपनि दिउँसो उनको निवास बालकोट पुगेका हुन् । ओलीको सचिवालयले जनाए अनुसार एमसीसी टोलीले ओलीसँगको भेटपछि याक एण्ड यति होटलमा रहेको एमसीसी नेपालको कार्यालयमा पुग्ने कार्यक्रम रहेको छ ।

    उपाध्यक्ष सुमारको टोलीले सम्झौताका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने तालिका छ ।

    भोली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलगायतका नेताहरुसाग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री शेरबहादेर देउवासँगको भेट भने भोली (शुक्रबार) ४ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हुने जनाइएको छ । नेपालको चारदिने भ्रमणका लागि विहिबार एमसीसीको उच्च नेतृत्व काठमाडौं आइपुगेका हुन् ।

    उपाध्यक्ष सुमारले काठमाडौं आउनुअघि एमसीसीबारे नेपाली जनस्तरमा उठेको प्रश्नसहित सरकारले पठाएको पत्रको अमेरिकी दुतावासमार्फत जवाफ पठाएकी थिइन् । नेपाल आइपुगेका सुमार नक्सालस्थित मेरियट होटलमा बस्ने बताइएको छ ।

    एमसीसी टोलीको विरोध हुने कार्यक्रम भएपछि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा एमसीसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको हो ।

    दिगो सामाजिक-आर्थिक विकासका लागि चार बर्षअघि अमेरिकाको सरकारी निकाय एमसीसीबीच सम्झौता भएपछि हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology