Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २४, २०७८ बिहिवार • १५:०८:४० बजे
  • 883
    SHARES
  • राष्ट्रपतिद्धारा प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

    पोखरा । नवनियुक्त प्रधान सेनापती प्रभु शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नु भएको छ ।

    images

     

    आज  राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।

    समारोहमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

    मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औँ प्रधानसेनापतिकारुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजैबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हान्नुहुने भएको छ ।

    यो पनी हेर्नुहोस :

    एमसीसी उपाध्यक्ष फतेमा बालकोटमा, ओलीसँग भेटवार्ता जारी

    नेकपा एमालेका अध्यक्ष एव निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको अमेरिकी प्रतिनिधि मण्डलबीच भेटवार्ता शुरु भएको छ ।

    ओली निवास बालकोटमा एमाले र एमसीसीका प्रतिनिधि मण्डलबीच छलफल भइरहेको छ ।

    छलफलमा एमालेबाट स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापालगायत सहभागी छन् ।

    यो भेटले एमसीसीबारे एमालेको पोजिसन स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।

    एमाले भित्र उपाध्यक्ष भीम रावललायतका नेताहरु भने एमसीसीको विपक्षमा स्पष्ट रुपमा उभिएका छन् ।

  • सम्बन्धित विषय:

  • # प्रधानसेनापति
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology