पोखरा । अमेरिकी मिलिनियम(एमसीसी)का उपाध्यक्ष फतिमा सुमार सँग एमाले अध्यक्ष केपी ओलीले भेटवार्ता गरेका छन ।
भेटको क्रममा निर्वर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरू अहिले प्रतिपक्षमा भएकाले अहिले केही गर्न नमिल्ने बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।
हिजो हामी सरकारमा हुँदा हामीले अगाडि बढाउने प्रयास गरेका हौँ ।
सरकारकातर्फ हामीले संसद्मा टेबुल गरिसकेका थियौँ । तर, त्यहाँ सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारणले यो हुन सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । हाम्रो भूमिका बदलिएको छ ।
हिजो हामी सरकारमा हुँदा जे हामीले गरेका थियौँ, आज हामी प्रतिपक्षमा हुँदा त्यो गर्न मिल्दनै ।
हामीसँग सत्तारूढ पार्टीबाट कुनै निर्णय वा हामीसँग छलफल नगरेको अवस्था हो ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।
नेपालको चारदिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आइपुगेको हो ।
नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।
नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडैं आएको हो ।