माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डलाई भेट्न" एमसीसी उपाध्यक्ष फातिमा सुमार खुमलटार पुगेकी छिन् । केहीबेर अघि उनी प्रचण्ड भेट्न खुमलटारस्थित निवास पुगेकी हुन् ।
प्रचण्डसँग भेटेर उनले एमसीसी पारित हुन" वातावरण बनाउन आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउन प्रयास गर्ने छिन् ।
हिजो नेपाल आएकी उनले एमाले अध्यक्ष केपी ओलीबाट भेटवार्ता सुरु गरेकी थिइन्" भने नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेकी थिइन्|
"आजै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्दैछिन्" :
अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारसहितको टोलीले आज प्रधानमन्त्री शेरबहादुर देउवासंग भेट्दैछ ।
प्रधानमन्त्री देउवा जसरी पनि संसद्बाट एमसीसी पारित गर्ने तयारीमा छन् भने सत्तारूढ गठबन्धनकै दलहरु नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) भने एमसीसी हुबहु पारित नगर्ने पक्षमा छन् ।
यही कारण एमसीसी कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्री देउवा अप्ठ्यारोमा परेका छन् । सत्तारूढ दल जनता समाजवादी भने एमसीसीको विषयमा सकारात्मक देखिएको छ ।