Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमाले स्थायी कमिटी बैठक आज बस्दै

एमाले स्थायी कमिटी बैठक आज बस्दै

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७८ शुक्रवार • ०९:४४:४७ बजे
  • 958
    SHARES
  • एमाले स्थायी कमिटी बैठक आज बस्दै

    पोखरा । आज प्रमुख प्रतिपक्षि दल नेकपा एमालेको स्थायी समितिको बैठक बस्ने भएको छ ।

    images

     

    अपराह्न ४ बजे तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा बैठक बस्नेछ ।

    स्थायी कमिटी बैठकमा चालु संसद अधिवशेनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने छ । एमालेले गत बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।

    यो पनि हेर्नुस एमसीसी उपाध्यक्षलाई ओलीले भने " सरकारमा हुँदा प्रयास गरेकै हौँ, अहिले प्रतिपक्ष भइसक्यौँ"

    अमेरिकी मिलिनियम(एमसीसी)का उपाध्यक्ष फतिमा सुमार सँग एमाले अध्यक्ष केपी ओलीले भेटवार्ता गरेका छन ।

    भेटको क्रममा निर्वर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरू अहिले प्रतिपक्षमा भएकाले अहिले केही गर्न नमिल्ने बताएको एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए ।

    हिजो हामी सरकारमा हुँदा हामीले अगाडि बढाउने प्रयास गरेका हौँ ।

    सरकारकातर्फ हामीले संसद्मा टेबुल गरिसकेका थियौँ । तर, त्यहाँ सभामुखलगायत केही व्यक्तिको भूमिकाका कारणले यो हुन सकेन । अहिले हामी प्रतिपक्षमा छौँ । हाम्रो भूमिका बदलिएको छ ।

    हिजो हामी सरकारमा हुँदा जे हामीले गरेका थियौँ, आज हामी प्रतिपक्षमा हुँदा त्यो गर्न मिल्दनै ।

    हामीसँग सत्तारूढ पार्टीबाट कुनै निर्णय वा हामीसँग छलफल नगरेको अवस्था हो ओलीको भनाइ उद्धृत गर्दै भट्टराईले भने ।

    नेपालको चारदिने भ्रमणका लागि एमसीसीको उच्च नेतृत्व बिहीबार काठमाडौं आइपुगेको हो ।

    नेपाल रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको छ ।

    नेपालमा एमसीसीलाई लिएर चौतर्फी विरोध भइरहेका बेला एमसीसीको उच्च नेतृत्व काठमाडैं आएको हो ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology