पोखरा । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एममीसी)का उपाध्यक्ष फतिमा सुमारलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी बारे दलहरु बीच सहमति जुट्नु पर्ने र दलहरुबीच सहमति नभई एक्लै अगाडी बढाउने अवस्था नरहेको बताएका छन ।
शुक्र्वार बिहान खुमलटार प्रचण्ड निवासमै पुगेका उपाध्यक्ष सुमारलाई प्रचण्डले एमसीसीको टोलीलाई अहिले आमरुपमा प्रश्न उठेकोले एक दलले मात्र अगाडी बढाउन सम्भव नदेखिएको बताउदै भरसक राष्ट्रिय सहमति नभए प्रमुख दलहरुबीच सहमति हुनुपर्ने पक्षमा आफु र आफ्नो दल रहेको बताएका थिए ।
सुमार नेतृत्को एमसीसी टोलीले विहिबार काठमाडौँ आउनासाथ एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए ।
चार दिनको भ्रमणका क्रममा नेपाल आएको एमसीसीको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।
उपाध्यक्ष सुमारले भने आफूहरूको नितान्त सद्भावना भ्रमण भएको बताएकी थिइन् ।
हामी नेपालका राजनीतिक दलहरूसँग छलफल गर्ने, गुडविल भेट गर्न आएका हौँ,सापकोटाले सुमारको भनाइ उद्धृत गर्दै भने, हाम्रो यो गुडविल भ्रमण हो ।
उक्त भेटवार्तापछि सुमारले प्रचण्डपत्नी सीता दाहाललाई भेटेर उनको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएकी थिइन् । उनको स्वास्थ्यलाभको कामना गरेकी थिइन् ।
सुमारसितको भेटवार्तापछि प्रचण्ड सत्तारूढ गठबन्धनको बैठकमा सहभागी हुन बालुवाटारतिर लागेका थिए ।