व्यक्ति ह-त्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री माेहम्मद अफताव आलमले दर्ता गरेको निवेदनउपरको सुनुवाइ ‘हेर्न नमिल्ने’ मा परेको छ ।
आफूलाई थुनामुक्त गरेर साधारण तारेखमा मु-द्दा लड्न पाउँ भन्दै आलमले दर्ता गराएको निवेदनमाथि शुक्रबार सुनुवाइ गर्न न्यायाधीश दीपककुमार कार्की र हरि फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।
तर, पछि अदालतले ‘हेर्न नमिल्ने’ मा राखेको हो । २०६४ मा संविधानसभा सदस्यको निर्वाचनअघि रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा आलमको प्रमुख भूमिका रहेको भन्दै दायर रिट जिल्ला अदालत रौतहटमा विचाराधीन छ ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि आलम हाल ललितपुरस्थित "नख्खु" कारागारमा छन् ।