Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विरोधका बीच सभामुखले सदन अगाडि बढाए

विरोधका बीच सभामुखले सदन अगाडि बढाए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • १३:५४:३० बजे
  • 1.3K
    SHARES
  • विरोधका बीच सभामुखले सदन अगाडि बढाए


    सभामुख अग्निप्रसाद सापकोटाले एमालेको विरोधका बीच सदनको प्रक्रिया अघि बढाएका छन् । उनले नेमकिपा सांसदलाई आर्थिक अध्यादेश २०७८ अस्वीकार गर्ने प्रस्ताव अस्वीकार गर्न समय दिएका छन् । 

    images

    प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणँले एमसीसीलाई स्वागत गर्न र अमेरिकालाई खुुसी पार्न बिरोध प्रर्दशन गर्नेमाथि ब्यापक दमन गरेको बताए । उनले नेमकिपाका नेता कार्याकर्तामाथि दमन भएको र कृष्णप्रसाल डुमरुको टाउको गंभीर चोट लागेको उल्लेख गरे । 

    "सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरे"

    एमाले सांसदहरुलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधानको धारा १ सय ५ को स्मरण गरेका छन् । उनले अदालतमा विचाराधीन मुद्दामाथि संसदमा छलफल गर्न नमिल्ने भन्दै सो धाराको प्रावधानलाई बुझेर सदन सुचारु गर्न आग्रह गरेका छन् ।

    उनले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१ खण्ड ख, ग र घ को नियम पालना गर्न पनि आग्रह गरेका छन् । सभामुखको कुरा नसुनी एमाले सांसद सभामुख सापकोटाको ड्यास अगाडि उभिएर पार्टी फुटाउन बन्द गर, संसदीय मर्यादा कायम गर भन्दै नारा लगाइरहेका छन् ।

    " १५ मिनेटका लागि प्रतिनिधिसभाको बैठक स्थगित"

    एमालेको नाराबाजी र अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि रोकेका छन् ।

    बैठकको सुरुवातमै सभामुखको आशन अगाडि पुगेर नाराबाजी थालेका एमाले सांसदहरुले १६ मिनेट संसद अवरोध गरेका हुन् ।

    सभामुख सापकोटाले बाढी पहिरो, जनताका तत्कालका समस्याबारे अरु सांसदहरुले बोल्न खोजेको भन्दै नाराबाजी रोकेर सदन सञ्चालनका लागि सहयोग गर्न आग्रह गरे तर एमाले सांसदहरुले अवज्ञा गरे ।

    आजको बैठकमा बजेटसम्बन्धी ३ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय गरिएको छ ।

    "प्रतिनिधि सभामा एमाले सांसदको होहल्ला,नाराबाजी"

    प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले नाराबाजी थालेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको आजको बैठकको कारवाही प्रारम्भ हुन्छ भन्ने वित्तिकै आफ्नो सिटबाट उठेर सभामुखको आसनअघि पुगेर संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्ने नारा लगाइरहेका छन् ।

    सभामुख सापकोटाले बिरोध गरिरहेका सांसदहरुले उठाएको विषयको मुद्धा सर्वोच्चमा विचाराधीन रहेको बताए । उनले जनताका जल्दा बल्दा समस्या बाढी पहिरो, जनताका विभिन्न समस्याका बारेमा बोल्न खोजेको बताउँदै एमाले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएको भन्दै सदन सञ्चालन गर्न दिन आग्रह गरे ।

  • सम्बन्धित विषय:

  • # प्रतिनिधिसभा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology