Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत,राष्ट्रिय सभामा 'राजनीतिक दल सम्बन्धी अध्यादेश पेस

प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत,राष्ट्रिय सभामा 'राजनीतिक दल सम्बन्धी अध्यादेश पेस

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७८ शुक्रवार • १५:२६:२९ बजे
  • 1.2K
    SHARES
  • प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत,राष्ट्रिय सभामा 'राजनीतिक दल सम्बन्धी अध्यादेश  पेस

    पोखरा । प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ ।

    images

     

    एमाले सांसदको अवरोधका बीच शुक्रबारको बैठकबाट आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो ।

    ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो ।

    तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश गरेका थिए ।

     राष्ट्रिय सभामा 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस 

    यसै गरी गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रिय सभामा 'राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ पेस गरेका छन् । शुक्रबार दिउँसो बसेको बैठकमा गृहमन्त्री खाँणले अध्यादेश पेस गरेका हुन् ।

    अध्यादेश पेस गर्ने बेला एमालेका राष्ट्रिय सभा सदस्यहरुले उभिएर विरोध जनाएका थिए ।

    एमालेका सांसद देवेन्द्र दाहालले प्रतिनिधिसभामा सभामुख अग्नीप्रसाद सापकोटा, सरकार र निर्वाचन आयोगले आफ्नो पार्टीले निष्कासन गरेका माधव नेपालसहितका १४ जना सांसदहरु संसदहरुलाई संरक्षण गरेर पार्टी फुटाउने काम गरेको भन्दै बैठक चल्न नदिने जानकारी गराएका थिए ।

    उनले लोकतन्त्रलाई मास्ने काम, दलीय प्रणालीलाई दललाई कमजोर पार्ने काम सरकार, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोग मिलेर लागेकाले त्यसको विरोधमा बैठक अवरुद्ध गर्नु परेको स्पष्ट पारे ।

    एमालेले गत २३ गते बुधबारबाट सुरु भएको संघीय संसदको दुवै सदन अवरुद्ध पार्दै आएको छ ।

    राष्ट्रिय सभाले संविधानसभा सदस्यहरू जेबी टुहुरे र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    आगामी बैठक भदौ २८ गते बस्ने गरी राष्ट्रिय सभा बैठक स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभालाई जानकारी गराएका थिए ।

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology