Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ओलीले अघि बढाएका १४ सय सडक आयोजना खारेज

ओलीले अघि बढाएका १४ सय सडक आयोजना खारेज

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • १८:०३:२२ बजे
  • 772
    SHARES
  • ओलीले अघि बढाएका १४ सय सडक आयोजना खारेज

    अर्थमन्त्री जनार्दन शर्माले तत्कालीन केपी शर्मा ओलीले अघि बढाएका १४ सय सडक आयोजना खारेज गरेको छ । अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गर्दै पूर्ववर्ती सरकारका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट व्यवस्थापन गरी अघि बढाएका १ हजार ४०० "सडक" आयोजना खारेजीको प्रस्ताव गरेका हुन् ।

    images

    अर्थमन्त्री शर्माले 'आर्थिक' प्रविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने योजना कटौती गरेको दाबी गरेका छन् ।

    अर्थमन्त्री शर्माले "समृद्ध नेपाल निमार्ण"को आधारको रुपमा रहेको सडक निर्माणलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सडक सञ्जालको नक्साङ्कन तयारी गरी संघ, प्रदेश र स्थानीय तहको प्रष्ट क्षेत्राधिकार तोकी सडक निर्माण गर्ने नीति लिइने बताए ।

    अर्थमन्त्रीले भने– आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्वतयारी नभएका तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यक र औचित्यको आधारमा खारेजी वा प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरेको छु ।

  • सम्बन्धित विषय:

  • # सडक आयोजना खारेज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology