Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमसीसी फातिमा समरबीचको वार्ता लम्बिएपछि सत्ता गठबन्धनको बैठक हुन सकेन्

एमसीसी फातिमा समरबीचको वार्ता लम्बिएपछि सत्ता गठबन्धनको बैठक हुन सकेन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २५, २०७८ शुक्रवार • १९:४८:१७ बजे
  • 712
    SHARES
  • एमसीसी फातिमा समरबीचको वार्ता लम्बिएपछि सत्ता गठबन्धनको बैठक हुन सकेन्

    प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का उपाध्यक्ष फातिमा समरबीचको वार्ता लम्बिएपछि सत्ता गठबन्धनको बैठक हुन सकेन् । "बैठक"का लागि साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेरका सत्ता गठबन्धनका शीर्ष नेताहरु एक घण्टा कुरेर बाहिरिएका छन् ।

    images

    बैठकका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ६ बजे नै बालुवाटार पुगेका थिए । त्यसअघि नै प्रधानमन्त्री देउवालाई भेट्न पुगेकी एमसीसी उपाध्यक्ष फतिमासँगको "बैठक" नसकिएपछि शीर्ष नेताहरु कुरेर बसेका थिए ।

    ७ बजेसम्म कुर्दा पनि फतिमासँगको बैठक नसकिएपछि शीर्ष नेताहरु बाहिरिएको एक नेताले बताए । प्रधानमन्त्रीले सत्ता गठबन्धनको "बैठक" राखेर एउटी विदेशीसँगको छलफललाई बढी महत्व दिनु गम्भीर भुल भएको ती नेताको भनाइ छ । आजको बैठकमा भने माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाबाट दोस्रो वरियताका नेताहरुको पनि सहभागिता थियो ।

    मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी), मन्त्रालय भागवण्डा र विपक्षीको संसद अवरोधबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक राखिएको थियो । सत्ता गठबन्धन दलबीच मन्त्रालयको संख्या टुंगिएपनि भागवण्डा भने मिलेको छैन ।

    मालदार मन्त्रालयमा सबैको दावी रहेपछि पछिल्लो समय विवाद छ । माधव नेपाल र उपेन्द्र यादवबीच त बैठकमै भनाभन भएका थिए । एमसीसीबारे कांग्रेस बाहेकका दलहरु विपक्षमा छन् । अहिले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई एमसीसीबारे एमसीसीका प्रतिनिधिलाई के जवाफ दिने भन्नेमा "अन्यौल" बनेको स्रोतको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology