Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश २ का १३ सांसदले पाए मान्यता

एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश २ का १३ सांसदले पाए मान्यता

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २५, २०७८ शुक्रवार • २२:०५:३७ बजे
  • 652
    SHARES
  • एकीकृत समाजवादीका पक्षमा सनाखत गरेका प्रदेश २ का १३ सांसदले पाए मान्यता

    पोखरा ।  निर्वाचन आयोगले नव गठित नेकपा एकीकृत समाजवादी पार्टीका पक्षमा लागेका प्रदेश २ प्रदेशसभाका १३ सांसदले गरेको सनाखतलाई मान्यता दिएको छ ।

    images

     

    आयोगले  शुक्रबार प्रदेश २ प्रदेशसभा निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित १३ सदस्यलाई राजनीतिक दलसम्बन्धी अध्यादेश तथा प्रचलित कानुन अनुसार नयाँ दलको सांसदको रुपमा मान्यता दिएको हो ।

    आयोगका अनुसार प्रदेशसभा सदस्य गोविन्दबहादुर न्यौपाने, मदन सेन प्रसाद श्रीवास्तव, प्रमोदकुमार यादव, बेची लुंगेली, नागेन्द्र राय यादव, मन्जुकुमारी यादव, शत्रुधन महतो, रविन्द्र बैठा धोबी, अशोककुमार यादप, हसिमा खातुन, सुन्दरबहादुर विश्वकर्मा, सिता गुरुङ र डिल्लीप्रसाद उप्रेतीले नेकपा एकीकृत समाजवादी पार्टीका सांसदका रुपमा मान्यता पाएका हुन् ।

    राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत नेकपा एमाले र जसपा नेपाल एकसाथ विभाजित भएपछि आयोगले दुवै दलका प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गते अपराह्न ५ बजेसम्म नयाँ दल रोज्न समय तोकेको थियो ।

    सो अवधिभित्र आयोगको कार्यालय पुगेर सनाखत गराएका प्रदेशसभा सदस्यहरूका बारेमा आयोगले शुक्रबार औपचारिक निर्णय गर्दै सनाखत गरेको आधारमा नयाँ दलको सांसदको रुपमा मान्यता दिएको हो । 

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology