Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

कोरोनाबाट पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु

कोरोनाबाट पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २२, २०७७ बिहिवार • १६:५४:४६ बजे
  • 1.3K
    SHARES
  • कोरोनाबाट पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ, सर्लाही, धनुषा र सप्तरीका ५ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको जानकारी दिएको छ ।

    images
     

    मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मोरङको रंगेलीका ४५ वर्षीय पुरुष, मोरङ विराटनगरका ४५ वर्षीय पुरुष, सर्लाही मलंगवाकी ६५ वर्षीया महिला, धनुषा मिथिलाकी ७२ वर्षीया महिला र सप्तरीको रुपनीका ४२ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

    नेपालमा संक्रमितको संख्या पनि बढ्न थालेको छ । प्रवक्ता गौतमले विभिन्न जिल्लामा थपिएका ३ सय ६० जनासहित देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको जानकारी दिए ।

    संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् भने ६५ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology