Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

एकीकृत समाजवादी

नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा पन्त

नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा पन्त

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १०:२८:३९ बजे
  • 943
    SHARES
  • नेकपा (एकीकृत समाजवादी)को जिल्ला अध्यक्षमा डा पन्त

     नेकपा "(एकीकृत समाजवादी)"को अध्यक्षमा डा कृष्णराज पन्त चयन भएका छन् ।

    images

    शुक्रबार यहाँ आयोजना गरिएको "संयुक्त बैठक" एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको हो ।

    समितिको उपाध्यक्षमा अरुणपीडित भण्डारी, कृष्णराज न्यौपाने, सचिवमा कुलप्रसाद लामिछाने, सहसचिवमा दिव्या शर्मा आचार्यलाई चयन गरेको हो ।

    अन्य पदाधिकारी र सचिवालय सदस्य भने जिल्ला कमिटीको बैठकले निर्णय गर्ने छ । यस्तै कार्यक्रमले समाजवादीको भरतपुर महानगरपालिका कमिटीसमेत गठन गरेको छ ।

    महानगर कमिटीको अध्यक्षमा विष्णुराज महतो, उपाध्यक्ष केशवराज पोख्रेल, सहसचिवमा शोभा पण्डितलाई चयन गरेको हो । महानगर समिति १६८ सदस्यीय रहने सो अवसरमा जानकारी दिइएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै "एकीकृत समाजवादी"का स्थायी कमिटी सदस्य राजेन्द्र पाण्डेले निर्वाचन चुनाव चिह्नले जित्ने नभई जनताको मनले जित्न सकिने बताए ।

  • सम्बन्धित विषय:

  • # एकीकृत समाजवादी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology