नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवको "राजीनामा अस्वीकृत" गरेका छन् ।
यादवले देउवा समक्ष भदौ २३ मा राजीनामा बुझाएका थिए ।
कांग्रेस सचिवालयका अनुसार सभापति देउवाले यादवले दिएको राजीनामा अस्वीकृत गरेका हुन् ।
साथै देउवाले यादवलाई महाधिवेशन सम्बन्धी "बाँकी" काममा लाग्न आग्रह समेत गरेका छन्।