Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

आजकै दिन २००१ सेप्टेम्बर ११ : यसरी ढल्यो अमेरीकी ट्वीन टावर

आजकै दिन २००१ सेप्टेम्बर ११ : यसरी ढल्यो अमेरीकी ट्वीन टावर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १२:५४:२४ बजे
  • 934
    SHARES
  • आजकै दिन २००१ सेप्टेम्बर ११ : यसरी ढल्यो अमेरीकी ट्वीन टावर

    सेप्टेम्बर ११ अमेरीकाको जुम्ल्याहा गगनचुम्बी भवन र पेन्टागनमा भएको आत्मघाती विमान आ'क्र'म'ण भएको दिन जसलाई संसारले अझै पनि कहालीलाग्दो र डरलाग्दो घटनाका रुपमा स्मरण गर्दछन् । ठ्याक्कै आजकै दिन २००१ मा मंगलबारको दिन थियो ।

    images

    अमेरीकाको स्थानीय समय अनुसार बिहानै वल्र्ड ट्रेड टावरमा दुई वटा आत्माघाती सबै भन्दा ठूलो आ'त्म'घा'ती आक्रमण भयो । जसमा हजारौँ मानिसहरु मारिए । यो घटना अमेरीकाका लागि मात्रै हैन दुनियाकै लागि त्रासदीपूर्ण थियो ।

    अलकायदाका १९ आत्माघाती दस्ताले त्यस दिन चार वटा विमान अपहरण गरेर हमलाका लागि प्रयोग गराएको थियो । पहिलो बिमान स्थानीय समय अनुसार बिहान ८ बजे उत्तरी टावरमा ठोक्काईयो । दोस्रो विमान ९ बजेर ३ मिनटमा दक्षिणी टावरबाट ठोक्काईयो । त्यसपछि दुबै टावरमा आगो लाग्यो ।

    २ घण्टा भित्रै दुबै गगनचुम्बी भबन ढले । त्यसपछि ९ बजेर ३७ मिनेटमा अर्को बिमान पेन्टागन स्थित रक्षा मन्त्रालयको भवनमा टकरायो । चौथो विमान पेन्सिलवानीयामा दु'र्घ'ट'ना गराईयो । यो विमान पनि क्यापीटल हिलमा ठोक्काउने आक्रमणकारीले योजना बनाएका थिए तर सकेनन् ।

    यस घटनामा १९ चरमपन्थी बाहेक २९७७ मानिसको मृत्यु भयो । ती मध्य धेरै जसो न्युयोर्क सिटीमा मारिए । चार वटा विमानमा २४६ जना चालक दलका सदस्य र यात्री थिए ती सबैको मृत्यु भयो । गगनचुम्बी भवन ढल्दा २६०६ जनाको मृत्यु भयो । पेन्टागनमा १२६ जनाको मृत्यु भयो । यस घटनामा २ देखि ८२ वर्ष सम्म उमेरका मानिसको ज्यान गयो । एउटा अनुमान अनुसार विमान टावरमा ठोक्किदा १७ हजार ४०० मानिस त्याहाँ थिए ।

    उत्तरी टावरको छतमा रहेका कोही पनि जीवित रहेनन् भने दक्षिणी टावरका १८ जना बाहेक सबैको मृत्यु भयो । यसमा कुल ७७ देशका नागरिकको मृ-त्यु भयो । भवन ढल्ने क्रममा मात्रै ४४१ मानिसको मृ-त्यु भएको थियो । घटनामा हजारौँ घा'ई'ते भएका थिए ।

    अफ्गानिस्तानबाट अलकायदाले यो हमलाको योजना बनाएको थियो । ओसामा विन लादेनले मुस्लिम देशमा चलेको संघर्षका लागि अमेरीका र उसको पछि लाग्ने देशहरुलाई दोषी देखाएका थिए ।

    अलकायदाको १९ जनाको दस्ताले यो हमला गराएका थिए । ती मध्य तीन वटा बिमानमा ५ ५ जना र एउटा विमानमा चार जना थिए । चार जना हमलावार रहेको बिमान भने क्रयास गराईएको थियो ।

    त्यस मध्य १५ जना साउदीका थिए भने दुई जना युएईका र एक एक जना मिश्र र लेवनानका रहेका थिए । यो हमलापछि अमेरीकी तात्कालीन राष्ट्रपति जर्ज डब्लु बुसले अलकायदा र ओसामा विन लादेनलाई समाप्त पार्ने घोषणा गरे । तत्कालै उनले अफ्गानिस्तानमा आक्रमणको आदेश दिए ।

    करीब १० वर्ष पछि अमेरीकी सेनाले ओसामा विन लादेनलाई पाकिस्तानमा मारीदियो । यो ह-म-ला-का अर्का योजनाकार मानिएका खालीद शेख २००२ मा पाकिस्तानमा हिरासतमा राखिए ।

    उनलाई अमेरीकाले ग्वान्टानामो बेमा रहेको ख'त'र'ना'क जे'ल'मा राख्यो । अहिले सम्म उनको मुद्धाको सुनुवाई भएको छैन । अमेरीकाको २० वर्ष लामो संघर्षका बाबजुद अलकायदा अझै सक्रिय रहेको छ ।

    अहिले वल्र्ड ट्रेड टावर नयाँ ढाँचामा ठड्याईएको छ । यसलाई अहिले ट्रेड हैन फ्रिडम टावर नाम दिईएको छ ।

  • सम्बन्धित विषय:

  • # अमेरीकी ट्वीन टावर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology