Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

एमाले स्थायी कमिटी बैठक सकियो,अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने

एमाले स्थायी कमिटी बैठक सकियो,अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १३:२२:३५ बजे
  • 649
    SHARES
  • एमाले स्थायी कमिटी बैठक सकियो,अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने

    नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएको छ |

    images

    बिहान ९ बजे बोलाइएको बैठक दिउँसो साढे १२ बजे सकिएको थियो । अर्को बैठक आजै दिउँसो साढे ३ बजे बस्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।

    आजको बैठकको निर्णय उनैले सुनाएका थिए । बैठकमा आगामी विधान महाधिवेशनको बारेमा छलफल भएको भट्टराईले बताए |

    त्यसमा प्रस्तुत गरिने दस्तावेज तथा प्रतिनिधित्वको संख्या नटुंगिएकाले आजै अर्को बैठक बसेर टुंग्याइने उनको भनाइ छ |

    नवौं महाधिवेशनपछि राष्ट्रिय प्रतिनिधि परिषद् निर्वाचित नभएकाले अन्तरिम व्यवस्था गर्न लागिएको उनको भनाइ छ। तीन हजारको सेरोफेरोमा प्रतिनिधित्व हुने उनले बताए |

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology