जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले वार्षिक बजेटबारे प्रतिस्थापन विधेयक ल्याउनु वाध्यात्मक परिस्थिति भएको बताएका छन् ।
शुक्रवार राति सामाजिक सञ्जालमा उनले अध्यादेश मार्फत जारी बजेटलाई जनउत्तरदायी नबनाई लोकतन्त्रको रक्षा नहुने भएर यसो गरिएको बताए ।
विगतमा अर्थ मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका डा. भट्टराईले भनेका छन्, “एकापट्टि बांगिएको बस्तुलाई ठीक ठाउॅमा ल्याउन अर्कोपट्टि बंग्याउनैपर्छ ।
ओलीप्रवृत्तिले वितण्डा मच्चाउनुको कुनै तुक छैन। सबै जिम्मेवार बनौं !
बाबुराम भट्टराईले गरेको ट्वीट जस्ताको तस्तैः–
बार्षिक बजेटवारे प्रतिस्थापन विधेयक ल्याउनु वाध्यात्मक परिस्थिति हो।अध्यादेश मार्फत जारी बजेटलाई जनउत्तरदायी नबनाई लोकतन्त्रको रक्षा हुन्नथ्यो।एकापट्टि बांगिएको बस्तुलाई ठीक ठाउॅमा ल्याउन अर्कोपट्टि बंग्याउनैपर्छ।ओलीप्रवृत्तिले वितण्डा मच्चाउनुको कुनै तुक छैन।सबै जिम्मेवार बनौं! |