विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् ।
भन्सार विभागले विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो । विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ ।
यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा विदेशबाट १०० ग्रामभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत हुनेछ ।
गैह्रकानुनीरुपमा कुनै पनि नेपालीले काँचो सुन र चाँदी ल्याउन पाउने छैनन् । यदि कसैले ल्याएको फेला परेमा त्यस्तो सुन/चाँदी जफत गरेर त्यसको मूल्य बराबर जरिवाना हुने विभागले जनाएको छ ।
"यस्तै, १० लाखभन्दा बढी मूल्यको सुन ल्याएमा कैद सजाय समेत हुने व्यवस्था छ" ।
यस्तै, नेपाली र गैर आवासीय नेपालीले ५० ग्रामसम्म सुनको गहना, ५०० ग्रामसम्म चाँदीको गहना र १ लाख रुपैयाँसम्मको जवाहरात जडित सुन वा चाँदीका गहना ल्याउन पाउँनेछन् ।