Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

विप्लव समूहको चेतावनी,पहिलो चरणको आन्दोलन घोषणा

विप्लव समूहको चेतावनी,पहिलो चरणको आन्दोलन घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १९:५१:१० बजे
  • 475
    SHARES
  • विप्लव समूहको चेतावनी,पहिलो चरणको आन्दोलन घोषणा

    नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

    images

    शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले एमसीसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उद्देश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।

    उनले आगामी भाद्र २८ गते काठमाडौँमा बृहत प्रदर्शन गर्ने जानकारी दिए । एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।

    विश्वकर्माले एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेर बहादुर देउवालाई आग्रह गरे । यसअघिको एमाले नेतृत्वको बहुमतको सरकार भएपनि जनताको विरोध हुने भएकाले एमसीसीलाई ओलीले अघि नबढाएको हुनसक्ने उनले बताए ।

    उनले एमसीसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठुलो अपराध हुने जिकिर गरे । विश्वकर्माले युरोपियन अमेरिकन युनियनलगायत विदेशी शक्तिसँगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाए ।

    उनले राजनीतिक दलका नेताहरूका कारण देश सङ्कटको भुमरीमा फसेकाले नै आफूहरु बाहिर आउनुपरेको धारणा राखे । फरक प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताको जस्तोसुकै फैसलालाई पनि स्वीकार गर्न

    आफूहरु तयार रहेको बताए । विश्वकर्माले सरकारसँग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # विप्लव समूह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology