नेकपा एमालेको विधान महाधिवेशन दुई साता पछि सरेको छ । स्थायी कमिटीको शनिबार बसेको बैठकले असोज ४–६ का लागि तय भएको विधान महाधिवेशनलाई १५–१७ गते काठमाडौंमा गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
"एमालेले बोलायो संसदीय दलको बैठक"
प्रमुख विपक्षी दल नेकपा एमालेको संसदीय दलको भोलि (आइतवार) बस्ने भएको छ । मध्यान्ह १२ बजे बैठक बस्ने एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।
हामी जिम्मेवार प्रतिपक्ष हौँ, त्यही अनुसार हामी सदनमा प्रस्तुत हुन्छौँ', उनले भने, 'तर केही दिनयता संसदमा असहज अवस्था देखिएकाले सांसदहरुसँग छलफलका लागि दलको बैठक बस्न लागेको हो।
शनिवार स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै भट्टराईले सभामुखको भूमिका प्रति पनि आपत्ति जनाए ।'संसद मर्यादित थलो हो। त्यहाँ विरोधका सीमाहरु छन्' उनले भने, 'हामी हाम्रा सांसद साथीहरुलाई संसदमा प्रस्तुत हुने रणनीतिका लागि बैठक बस्दैछौँ।
"सरकारले बलमिच्याईं गरेर छापामार शैलीमा प्रतिस्थापन बजेट ल्यायो"
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले बलमिच्याई गर्दै प्रतिस्थापन बजेट ल्याएको भन्दै आपत्ति जनाएको छ ।
आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८/७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेकोप्रति उसले आपति जनाएको हो ।
शनिवार बसेको स्थायी कमिटीको निर्णय सार्वजनिक गर्दै एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बलमिच्याइँ गरेर प्रतिस्थापन बजेट ल्याएको बताए ।
अघिल्लो सरकारले समावेश गरेका लोकप्रिय कार्यक्रमहरू कटौती गर्ने काम भएको छ,’ उनले भने, ‘हचुवाका भरमा नयाँ आयोजनाहरू समावेश गरिएको छ ।
एमाले स्थायी कमिटीको शनिबार बसेको बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको छ ।
पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव भट्टराईले भने । अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै एमाले सचिव भट्टराईले भने,यसप्रति हाम्रो आपत्ति छ ।