Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एमालेमा १० बुँदे कार्यान्वयन भइसक्यो: योगेश भट्टराई

एमालेमा १० बुँदे कार्यान्वयन भइसक्यो: योगेश भट्टराई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०७८ शनिवार • १९:५८:५९ बजे
  • 1.3K
    SHARES
  • एमालेमा १० बुँदे कार्यान्वयन भइसक्यो: योगेश भट्टराई

    नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले केही जिल्लाबाहेक सबै भूगोलमा असार २७ गते राति भएको १० बुँदे सहमति कार्यान्वयन भइसकेको बताएका छन्।

    images

    शनिबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै भट्टराईले १० बुँदे सहमतिका आधारमा अधिकांश ठाउँमा बैठकहरु बसिसकेको जानकारी र केही ठाउँमा बाँकी रहेको जानकारी दिए ।

    उनले भने, ‘वागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा १० बुँदे कार्यन्वयन भइसकेको छ । प्रदेश १ का केही जिल्ला र सुदूरपश्चिममा केही मिलाउन बाँकी छ । जनसंगठनहरुमा पनि मिल्छ ।

    १० बुँदेलाई कसैले इन्कार गरेको छैन त्यसैले यो समस्या होइन ।’ उनले पार्टीको जनसंगठनहरूमा पनि १० बुँदे कार्यान्वयन भइरहेको बताएका छन्।

    जनसंगठनमा पनि १० बुँदे कार्यान्वयन हुँदैछु, उनले भने, देशका सबै भूगोलमा कार्यान्वयन भइरहेको छ। केही जिल्ला र संगठनमा कार्यान्वयनको चरणमा छ।

    उनले लामो समय पार्टीमा आन्दोलन र अन्तरविरोध चलेकाले यसको व्यवहारिक समाधानका लागि समय लाग्ने पनि बताए। ‘लामो समय पार्टीभित्र आन्दोलन र अन्तरविरोधमा सहभागी भएकाले केही व्यवहारिक कठिनाइलाई समाधान गर्दै जान्छौँ’, उनले भने, ‘१० बुँदे अनुसार नै पार्टी एकतावद्ध भएर अगाडि बढ्नेछ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology