Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सत्तारुढ गठबन्धनको बैठक बस्दै

सत्तारुढ गठबन्धनको बैठक बस्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७८ आइतवार • १०:१९:२८ बजे
  • 1.2K
    SHARES
  • सत्तारुढ गठबन्धनको बैठक बस्दै

    "सत्तारुढ गठबन्धनको बैठक" आज बस्दै छ । मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक बस्न लागेको हो ।

    images

    बैठक आज विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    सरकार गठन भएको दुई महिना हुँदा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्दा प्रधानमन्त्री देउबाको आलोचना हुँदै आएको छ । तर, अझै केही दिन मन्त्रिपरिषद् विस्तारको सम्भावना नरहेको "स्रोत"ले जनाएको छ ।

    यद्यपि कुन मन्त्रालय कसलाई भन्ने विषय भने टुंग्याउने तयारी भएको जनाइएको छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले संसद अवरोध गरिरहेको र एमाले विभाजनको मुद्दा सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट आउने फैसलापछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन गठबन्धनमा आवद्ध दलमा सहमती भएको छ ।

    गठबन्धनमा दल विभाजनसम्बन्धी अध्यादेश के गर्ने भन्ने विषय पनि छलफलमा छ । अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा गठबन्धनमा एकमत हुन सकेको छैन ।

    एमाले विभाजनको फैसला भदौ २८ मा आउने सम्भावना भएकाले सोही आधारमा विधेयकलाई के गर्ने भन्ने निर्णय गर्ने गठबन्धनमा सहमति भएको बताइएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology