पोखरा । पेरु क्रान्तिका नायक गोन्जालोको ८६ बर्षको उमेरमा जेलमै नि'धन भएको छ ।
आं'तक फैलाएको आरोपमा १९९२ देखी जेलमै आजीवन का'रावासको सजायँ भोगीरहेका दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।
१९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहरनजिकै उनको जन्म भएको थियो ।
गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा स'श'स्त्र ज'नयु'द्ध सुरु भएको थियो ।
गाउँदेखि शहर घे'र्ने' रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत क'ब्जा गरेको थियो ।
साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि क'ब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो ।
यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्रा'उ परे । उनलाई सैनिक जेलमा थु'नेर आजीवन काराबासको स'जायँ सुनाइयो । दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि 'प'क्राउ परे ।
सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो ।
सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन ।
तर पनि पेरुमा १९९९ सम्म चलेको जनयु'द्धको क्रममा ७० हजारको ज्या'न गएको थियो ।
गोन्जालोको निधनले क्रान्तिको एउटा मोडल तत्कालका लागी अन्त्य : प्रचण्ड
यसै बीच नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोन्जालोको निधनले क्रान्तिको एउटा मोडल तत्कालका लागी अन्त्य भएको प्रतिक्रिया दिएका छन ।
उनले सामाजिक सञ्जाल मार्फत गोन्जालो वैचारिक निष्ठा, त्याग र समर्पणको प्रतीक बनेको भन्दै उनको निधनमा श्रद्धाञ्जली प्रकट पनि गरेका छन् ।
गोन्जालोले गाउँ घेर्दै शहर कब्जा गर्ने रणनीति अवलम्बन गरेका थिए ।
सोही रणनीति प्रचण्ड नेतृत्वको माओवादी जनयुद्धमा पनि अपनाइएको थियो ।