पेरु कम्युनिस्ट पार्टीका नेता गोञ्जालोको नि'ध'न प्रति नेकपा माओवादी केन्द्रकाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन ।
सामाजिक सञ्जालमा अध्यक्ष प्रचण्डले भनेका छन, ‘पेरु कम्युनिस्ट पार्टीका नेता कमरेड गोञ्जालोको निधनले क्रान्तिको एउटा मोडेलको तत्कालका लागि अन्त्य भएको छ । वैचारिक निष्ठा, त्याग र समर्पणका प्रतिक बनेका कमरेड गोञ्जालोप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दछु ।’ त्यसैगरी गोञ्जालोको निधनप्रति जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि श्रद्धाञ्जली ब्यक्त गरेका छन ।
"सामाजिक सञ्जालमा डा. भट्टराईले लेखेका छन"
‘पेरूका क्रान्तिकारी नेता अविमायल गुज्मन ‘गोन्जालो’को नि'ध'नको खबरले अत्यन्त दुखित छु। नेपालको माओवादी आन्दोलनको थालनी र विकासमा वहॉको विचारले ठुलो प्रेरणादायी भूमिका खेलेको थियो।वहॉको गिरफ्तारीपछि पेरूको आन्दोलनले धक्का खाएको अनुभवबाट पनि हामीले सिकेका थियौं ! हार्दिक श्रद्धान्जली !’ लामो समयदेखि जे'ल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको ८६ वर्षको उमेरमा शनिबार बिहान ६ः४० बजे एक सैनिक अस्पतालमा निधन भएको हो।
बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको नि'ध'न भएको पेरु सरकारका अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले जनाएको छ। गोञ्जालो पेरु कम्युनिस्ट पार्टी साइनिङ पाथका अध्यक्ष हुन्।
उनको वास्तविक नाम रुबेन एबिमाएल गुजम्यान रेयनोसो हो। पेरुको कम्युनिष्ट आन्दोलनमा उनलाई ‘चेयरम्यान गोञ्जालो’ भनेर पनि सम्बोधन गरिन्थ्यो। पेरूका तत्कालिन राष्ट्रपति अल्बर्टो फुजीमोरी शासनविरूद्ध सन् १९८० देखि १९९९ सम्म चलेको सशस्त्र विद्रोहको नेतृत्व गरेका थिए। २० बर्षसम्म चलेको उक्त हिंसात्मक आन्दोलनमा करिब ७० हजार नागरिकको मृत्यु भएको थियो ।
उनलाई फुजिमोरी सत्ताले आजीवन कारावासको सजाय सुनाएको थियो। गोञ्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेको कालाओ जेलको पिँजडाघरमा राखिएको थियो। उनी सन् १९९२ सेप्टेम्बर १२ मा राजधानी लिमाबाट पक्राउ परेका थिए। उनको पक्राउसँगै साइनिङ पाथको सशस्त्र वि'द्रो'ह सुस्ताएको थियो।