Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रतिनिधि सभा

प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्तो छ सम्भावित कार्यसूची

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

भाद्र २७, २०७८ आइतवार • १०:३३:०३ बजे
  • 874
    SHARES
  • प्रतिनिधि सभाको बैठक आज बस्दै,यस्तो छ सम्भावित कार्यसूची

    पोखरा । प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तरगर्तको चौथो बैठक आज बस्दै छ ।

    images

     

    बैठक आज दिउसोँ ४ बजे बस्दै छ । संघीय संसद् सचिवालयले आजको बैठकका सम्भावित २३ कार्यसूची तय गरेको छ ।

    शुक्रबार प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधबीच सरकारले प्रतिस्थापन विधेयक ल्याएको थियो ।

    आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ ।

    शनिबार बसेको एमाले स्थायी समिति बैठकले अवरोध कायमै राख्ने तर सांसदलाई मर्यादित भएर विरोध गर्न निर्देशन दिइसकेको छ ।

    यसबारे अझ स्पष्ट पार्न एमाले संसदीय दलको बैठक अपराह्न १२ बस्दैछ ।

    शुक्रबारको बैठक अवरोध गर्ने क्रममा एमालेका सांसदहरुले बेल घेराउ गर्दै रोष्टमतर्फ अघि बढ्ने प्रयास गरेका थिए ।

    सोही क्रममा केही सांसदहरूले सभामुख तथा अर्थमन्त्रीलाई रोक्ने क्रममा आक्रमणको प्रयास नै गरेका थिए । 

    adhya desh.jpg

     

     

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology