Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

सर्वोच्चको फैसलापछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

सर्वोच्चको फैसलापछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०७८ आइतवार • १४:१५:१७ बजे
  • 598
    SHARES
  • सर्वोच्चको फैसलापछि मात्र मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तार थप केही दिन लम्बिने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विनानिष्कर्ष टुंगिएको छ ।

    images

    आजको बैठकमा सरकारमा सहभागी हुने मन्त्रीहरूका विषयमा छलफल भए पनि अझै केही दिन मन्त्रिपरिषद् विस्तार नगर्न नेताहरूबीच सहमति भएको छ । .

    प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारका अनुसार आजको बैठकमा खासै ठोस सहमति भने भएन । गठबन्धनका दलहरूबीच सरकार सञ्चालनका विषयमा पनि छलफल भएको थियो ।

    बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा।मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र बेदुराम भुसाल तथा जसपाबाट अध्यक्ष उपेन्द्र यादव र डा।बाबुराम भट्टराई सहभागी थिए ।

    बैठकमा एकीकृत समाजवादी दल दर्ताको विषयमा "सर्वोच्च अदालतबाट फैसला" आएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने मोटामोटी सहमति भएको एक नेताले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology