पोखरा । प्रमुख प्रतिपक्षीदल नेकपा एमाले लगातार तेस्रो दिन पनि संसद अवरुद्द गरेपछी सभामुख अग्नि प्रसाद सापकोटाले सर्वदलिय बैठक बोलाएको छ ।
सोमवार दिउँसो साढे २ बजे संसद भवनको ल्होत्से हलमा बस्ने गरी सर्वदलीय बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
बैठकमा संसदमा रहेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरिएको उनले बताए ।
एमालेको कारवाही गरेको भनिएको १४ जना सांसदको पद रिक्त भएको सूचना प्रकाशन नगरेर सभामुखले एमाले विभाजनमा सहयोग गरेको भन्दै एमालेले त्यसको विरोधमा संसद अवरोध गरिरहेको छ ।
प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित
एमालेको निरन्तरको अवरोधका कारण प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेले अवरोधलाई निरन्तरता दिएपछि सभामुख अग्नि सापकोटाले बैठक मंगलबारसम्मका लागि स्थगित गरेका हुन् ।
उनले एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, एमाले सांसद खगराज अधिकारी लगायतसँग छलफल गरे पनि सहमति जुटेन ।
प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित गरेका हुन् ।