नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटसम्बन्धी प्रतिस्थापन विधेयकले आफूले उद्घाटन गरेका सडक तथा आयोजनाहरुको कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम हटाएको प्रति रोष प्रकट गरे ।
अध्यक्ष ओलीले पाँच लाख गरीबलाई १०-१० हजारका दरले राहत दिने व्यवस्थासहित सरकारले ल्याएको बजेटले सत्तारुढ दलहरूको आफ्नै हित नगर्ने बताए ।
ओलीले सभामुख अग्नीप्रसाद सापकोटालाई माइकले हान्ने कुनै योजना नभएको स्पष्ट पारेका छन् । आइतवार एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले संसदीय मर्यादा विपरित गतिविधि बन्द गर्न आफ्ना सांदहरुलाई आग्रह गरेका थिए ।
उनले सो अवसरमा आफ्ना सांसदहरुलाई बोल्दा, व्यवहार गर्दा जिम्मेवारीपूर्वक बोल्ने, व्यवहार गर्न निर्देशन दिए । उनले संसदलाई अस्तव्यस्त पारेर विरोध प्रदर्शन गर्न नहुने बताए ।