Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

संसदमा लगातार भैरहेको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

संसदमा लगातार भैरहेको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • ०९:२६:२३ बजे
  • 748
    SHARES
  • संसदमा लगातार भैरहेको अवरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएका छन ।

    images

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट संसदमा लगातार भैरहेको अवरोधको समाधानका विषयमा छलफल गर्न सभामुख सापकोटाले बैठक बोलाएका हुन ।

    आज दिउँसो साढे २ बजे संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

    आफूले गरेको १४ जना सांसदको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा नेकपा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ ।

    सभामुख सापकोटाले आइतबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री र नेकपा एमालेका सांसदहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म "संसद्" अवरोध कायमै राख्ने अडान लिएको थियो ।

    ‘हामीमा गरिएको अन्यायबारे प्रस्ट नपारेसम्म संसद् चल्न दिन्नौं,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने । एमाले विभाजनमा भूमिका सभामुख सापकोटाले खेलेको एमाले नेताहरूले आरोप लगाएका छन ।

    प्रमुख सचेतक भट्टराई, सचेतक शान्ता चौधरी, नेता खगराज अधिकारी सभामुख सापकोटासँगको छलफलमा बसेका थिए । ‘सभामुखले पार्टी फुटाउने मतियारको भूमिका खेलेको कुरा प्रस्ट भन्यौं,’ भट्टराईले भने ।

    सभामुख सापकोटाले विश्वासको वातावरण बनाउने बताएका थिए । "कानुनमन्त्री कार्की"ले उच्च राजनीतिक तहमा नै यसबारे छलफल गरिनुपर्ने प्रस्ताव गरेका थिए । यसपछि सभामुख सापकोटाले उच्च तहमा "संवाद" अगाडि बढाउने बताएका थिए ।

  • सम्बन्धित विषय:

  • # राजनीति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology