Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

नेकपा माओवादी केन्द्र देखिने र सुनिने गरी जनताको बीचमा पुग्नुपर्छः नेता पुन

नेकपा माओवादी केन्द्र देखिने र सुनिने गरी जनताको बीचमा पुग्नुपर्छः नेता पुन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २८, २०७८ सोमवार • १०:०६:१८ बजे
  • 1.3K
    SHARES
  • नेकपा माओवादी केन्द्र देखिने र सुनिने गरी जनताको बीचमा पुग्नुपर्छः नेता पुन

    नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले माओवादी केन्द्र देखिने र सुनिनेगरि जनताको बीचमा पुग्नुपर्ने बताएका छन् ।

    images

    माओवादी केन्द्रीय कार्यालयले शुरू गरेकाे पार्टी सदस्यहरूकाे डिजिटल विवरण अध्यावधिक गर्ने सफ्टवेयरकाे प्रदेश नं. १ का नेता तथा कार्यकर्ताहरूलाई प्रशिक्षण दिँदै यस्ताे बताएका हुन् ।

    ‘पार्टीलाई प्रविधिमैत्री, संस्थागत, देखिने र भेटिने पार्टी बनाउछौं, त्यसका लागि अध्यक्षदेखि स्थानीय तह सम्मका नेता कार्यकर्ता लाग्नुहोस्, नेता पुनले भने, ‘राष्ट्रिय सम्मेलनसम्म जाँदा माओवादीलाई २१ सताव्दी सुहाउँदो बनाउनु पर्दछ ।

    अहिले विकास भएको आर्टिफिसियल ईन्टेलिजेन्सलाई प्रतिक्रियावादी तथा विस्तारवादीहरुले प्रयोग गरिरहेका छन्, अव त्यसलाई हामीले सर्वहारा वर्गको हितमा प्रयोग गराउने गरि काम गर्नुछ ।

    नेता पुनले प्रदेश १ का नेता, कार्यकर्तालाई भर्चुअल माध्यमबाट प्रशिक्षण दिँदै पार्टीलाई आन्तिरिक हिसाबले व्यवस्थित बनाउने, सदस्यतालाई डिजिटल माध्यमबाट अध्यावधिक गर्ने र जनताको बीचमा देखिने र सुनिने गरी पुग्नका लागि निर्देशन दिएका हुन् ।

    माओवादी केन्द्रीय कार्यालयले सुरु गरेको डिजिटल माओवादी बनाउने अभियान अन्तर्गत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उद्घाटन गरी गण्डकीबाट सुरू भएकाे प्रशिक्षण आज प्रदेश १ मा प्रशिक्षण दिईएको थियो ।

    गण्डकी र कर्णाली प्रदेशबाट माओवादीले शुरु गरेको डिजिटलाइजेशनको प्रकृया भोलि लुम्बिनी प्रदेशमा संचालन गरिने खकुरेलले बताएका छन् । माओवादीको डिजिटलाइजेशनको प्रकृयाको "उद्घाटन गण्डकी र कर्णाली प्रदेश"काे कार्यकर्तालाई प्रशिक्षण दिएर "अध्यक्ष प्रचण्ड"ले शुरुवात गरेका थिए ।

     

  • सम्बन्धित विषय:

  • # राजनीति
  • # जनताको बीच
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology